मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौरीबहादुर कार्कीको कार्यशैलीमा प्रश्न

barnanmedia.com · Fri Oct 03 21:33:24 GMT 2025

जेनजी आन्दोलनले नेपालमा अभूतपूर्व राजनीतिक र सामाजिक तरंग ल्याएको छ। आन्दोलनको पहिलो दिनदेखि नै भएको हिंसा, दमन र विध्वंशले मुलुकलाई ठूलो क्षति पुर्‍यायो। जनताको आक्रोश रोक्न नसक्दा संसद् विघटन, राजनीतिक अस्थिरता र राज्य संरचनामै संकटको अवस्था देखियो। यस्ता घटनाको कारण पत्ता लगाउन र जिम्मेवारहरूको पहिचान गर्न सरकारले छानबिन आयोग गठन गरेको छ, जसको नेतृत्व पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गरेका छन्। तर आयोगले कस्तो काम गर्छ र कार्कीको कार्यशैली कस्तो हुन्छ भन्नेबारे प्रश्नहरू तीव्र रूपमा उठिरहेका छन्।

कार्कीको नेतृत्वमा बनेको आयोगको मुख्य जिम्मेवारी आन्दोलन र विध्वंशको वास्तविक कारण पत्ता लगाउने र दोषीलाई कारबाहीको सिफारिस गर्ने हो। तर जब कारणहरूलाई गहिराइमा नियालिन्छ, यसको जरो केवल आन्दोलनकारीहरूको असन्तोष मात्र होइन, बरु राजनीतिक नेतृत्व, न्यायपालिका र सुरक्षा निकायका ठूला कमजोरीमा गाँसिएको देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)