उद्घाटन भोलि नवौं राष्ट्रिय खेलकुदको तर पूर्वाधार नै छैन
nepalghatana.com · Thu Oct 13 17:25:02 GMT 2022
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा भोलि सुरु हुँदैछ । तर, गन्जागोल व्यवस्थापनका कारण प्रतियोगिता विवादित छ । २०७७ सालमै हुनुपर्ने प्रतियोगिता दुई वर्ष ढिला गरी गर्दा पनि राष्ट्रिय खेलकुद परिषद्को व्यवस्थापन कमजोर देखिएको छ । प्रतियोगिता उद्घाटन हुने बेलासम्म न पूर्वाधार तयार छ न त खेल सामग्री नै उपलब्ध छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्की बिहीबारदेखि पोखरामा सुरु हुने तालिका थियो । तर, सहभागी टिम र दर्शक गौरीशंकर खेलमैदान हेम्जा पुग्दा मैदान नै तयार भएको थिएन । महिलातर्फको हक्की प्रतियोगिता पनि बिहान ७ बजे सुरु हुनुपर्नेमा खेलाडीलाई समयमै जर्सी उपलब्ध नगराउँदा ढिला भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)