मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा सशस्त्र प्रहरीले सुरु गर्‍यो पट्रोलिङ र माइकिङ

barnanmedia.com · Fri Oct 03 21:44:44 GMT 2025

सशस्त्र प्रहरी बलले सम्भावित मनसुनजन्य विपदलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार साँझदेखि पट्रोलिङ तथा माइकिङ सुरु गरेको छ।\

चोभार, बल्खु, बालाजु, माछापोखरी, बनस्थलीलगायतका क्षेत्रमा गरिएको उक्त गतिविधिमा विशेषगरी खोला किनार र डुबान हुन सक्ने स्थानका बासिन्दालाई सतर्क रहन अपिल गरिएको छ। साथै, विपद् आए तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलको टोल–फ्री नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)