जोखिमपूर्ण सडक छिचोल्दै बजार झर्दै मुस्ताङका भेडाच्याङ्ग्रा
gorkhapatraonline.com · Sat Oct 10 02:05:33 GMT 2026

बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतविक्षत बनेको बेनी–जोमसोम सडकमा जोखिम कायमै छ। सडक पूर्ण रूपमा सहज नबन्दै दसैँतिहारलाई लक्षित गरी मुस्ताङबाट भेडाच्याङ्ग्रा म्याग्दीतर्फ झार्न थालिएको छ। सात दिनको पैदल यात्रा गर्दै व्यापारीहरू पहिरोको जोखिमपूर्ण बाटो पार गरेर भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउन लागिपरेका छन्।
जोखिमपूर्ण सडक हुँदै भेडाच्याङ्ग्राका बथान म्याग्दीतर्फ झरिरहेका छन्। मुस्ताङबाट सात दिनको पैदल यात्रा गरेर म्याग्दी आइपुगेका भेडाच्याङ्ग्राका बथान रघुगङ्गा गाउँपालिका–२, कुनौटामा बिहीबार मात्रै नयाँ ट्र्याक खोलिएको सडक पार गर्दै गरेको देखिन्थे।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)