मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलङ्गवा–सोनवर्षा नाकामा पानीको ताल

gorkhapatraonline.com · Sat Oct 10 02:32:51 GMT 2026

नेपाल–भारत सीमास्थित मलङ्गवा–सोनवर्षा नाका (हनुमान चोक) जलमग्न हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।

जिल्लाको मुख्य नाकामा अत्यधिक पानी जम्दा नेपाल र भारतबिच ओहोरदोहोर गर्ने नागरिक समस्यामा परेका हुन् । वर्षा भएका दिन नाकामा कम्मरसम्म पानी जम्ने भएकाले मलङ्गवाबाट सोनवर्षा तथा सोनवर्षाबाट मलङ्गवा आउजाउ गर्न कठिन हुने गरेको नागरिक समाज सर्लाहीका महासचिव एवं मलङ्गवा नगरपालिका–८ का स्थानीय बासिन्दा शिवशङ्कर चौधरीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)