सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा सुरक्षा व्यवस्था कडा
nepalviews.com · Sat Oct 10 02:34:51 GMT 2026

एजेन्सी । भारतीय निर्वाचन आयोगविरुद्ध 'ककरोच जनता पार्टी' (सीजेपी) ले गरेको प्रदर्शनको आह्वानसँगै भारतीय राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। प्रहरीको अनुमतिविना जन्तर-मन्तरतर्फ अघि बढ्ने सीजेपी कार्यकर्ताहरूको अडानका कारण दिल्ली प्रहरी र केन्द्रीय सुरक्षा बललाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित हिंसा वा तनावलाई नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनअघि नै ठूलो धरपकड सुरु गरेको छ। आपराधिक पृष्ठभूमि भएका तथा प्रदर्शनका लागि मानिसहरूलाई उक्साउन सक्ने १०० भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १५ वटा जिल्लामा शङ्कास्पद व्यक्तिहरूमाथि घरदैलोमै निगरानी बढाइएको छ।
प्रदर्शनलाई रोक्न र सर्वसाधारणको आवतजावत नियन्त्रण गर्न प्रशासनले व्यापक कदम चालेको छ। यसअन्तर्गत दिल्लीका ४५ वटा मेट्रो स्टेसन पूर्ण रूपमा बन्द गरिएका छन् भने धेरैजसो रेल सेवाहरू रद्द गरिनुका साथै केहीको मार्ग परिवर्तन गरिएको छ। प्रदर्शनस्थल जन्तर-मन्तर र आसपासका क्षेत्रमा सुरक्षा कारणले इन्टरनेट सेवा समेत बन्द गरिएको छ। गाजियाबादबाट दिल्ली प्रवेश गर्ने कौशाम्बी, लोनी, खोडा, तुलसी निकेतन, अप्सरा र सीमापुरी लगायतका सबै प्रमुख नाकाहरूमा कडा ब्यारिकेटिङ गरी गहन जाँच भइरहेको छ र सोधपुछ तथा अनुमतिविना कुनै पनि सवारी साधनलाई दिल्ली प्रवेश गर्न दिइएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)