मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विकासमा असमानता

annapurnapost.com · Thu Sep 01 01:01:00 GMT 2022

मुलुकले योजनाबद्ध विकासको यात्रा सुरु गरेदेखि नै आर्थिक, सामाजिक न्यायलाई प्राथमिकतामा राखियो । तर, पनि भौगोलिक, प्रादेशिक र वर्गीय असमानता घटेको छैन । बरु असमानताको नयाँनयाँ स्वरूप देखिन थालेका छन्। योजना, विकास कार्यक्रम र राज्यका संरचना असमानता न्यूनीकरण र न्याय निर्माणमा क्रियाशील हुने संयन्त्र हुन्। तर अवसर निर्माण र वितरण एवं असमानता न्यूनीकरण गर्ने नीति तथा संरचनाहरू किन आफैं त्यसका अवरोधकजस्ता देखिए ? यस विषयमा गम्भीर विवेचना गरिएको छैन। त्यसैले विकास प्रयासले असमानता र बञ्चिती सिर्जना गरिरहेको छ।

असमानताको चित्र विश्लेषण गर्दा मानव विकास र गरिबीको अवस्थालाई आधार लिन सकिन्छ। नेपालको मानव विकासको अवस्थामा सामान्य रूपमा प्रगति भए पनि त्यसको वितरण असमान हुँदै गएको देखिन्छ। मानव विकासको राष्ट्रिय औसत मान ०.६०२ छ भने बागमती प्रदेशको सूचकांक (०.६६१) अन्य प्रदेशको भन्दा उच्च छ, जबकि मधेस प्रदेश (०.५१०) सबैभन्दा पछि छ। बागमती प्रदेशलाई गण्डकी प्रदेश (०.६१८) ले पछ्याइरहेको छ भने सुदूरपश्चिम प्रदेश (०.५३८) ले मधेस प्रदेशलाई पछ्यारहेको छ। मानव विकासका सहायक सूचकहरू विश्लेषण गर्दा यो असमानताका अरू फराकिलो देखिन्छ। जस्तो कि असमानता समायोजित सूचकांक, लैंगिक असमानता सूचकांक, लैंगिक विकास र सशक्तीकरण सूचकांक, आर्थिक सामाजिक आबद्धता सूचक, वित्तीय समावेशीकरण सूचक, खाद्य सुरक्षा सूचकांक, सामाजिक मानक आदिबाट यसको पुष्टि हुन्छ। न्याय र समृद्धिको आधारविन्दु गरिबी निवारण हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)