पहिरोको जोखिमले संखुवासभाका ७ परिवारले छाडे घर
himalpress.com · Tue Jun 30 01:12:44 GMT 2026

काठमाडौँ- संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा लगातारको वर्षापछि आएको बाढी पहिरोले ७ घर विस्थापित भएका छन्। बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरू विस्थापित भएका हुन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तेन्छोङबाट ७ घरपरिवार विस्थापित भएको खबर प्राप्त भएको जानकारी दिए।
तेन्छोङका कुन्ती राईको ५ जनाको परिवार, धनपूर्ण राईको ७ जनाको परिवार, मङ्गलबहादुर राईको ६ जनाको परिवार, सुकप्रसाद राईको ४ जनाको परिवार, मिरा राईको ५ जनाको परिवार, धनमान राईको ३ जनाको परिवार र अरुण सङ्गम राईको परिवार विस्थापित भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)