शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने, ९० दिनअघि सूचना दिनुपर्ने
arthasansar.com · Sat Oct 10 02:37:44 GMT 2026

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन वा एकीकरण गर्दा कर्मचारी कटौती गर्न नपाउने व्यवस्था गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले शाखा समायोजनका क्रममा कर्मचारीको रोजगारी सुरक्षित गर्न नयाँ व्यवस्था लागू गरेको हो ।
संशोधित निर्देशनअनुसार शाखा समायोजन वा एकीकरण हुने वा भइसकेको कारण देखाएर सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन पाइने छैन । त्यस्ता कर्मचारीलाई नजिकको शाखा वा उनीहरूको प्राथमिकता तथा सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)