मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेस्रो टेष्टमा इङ्ल्याण्डसंग २२ रनले पराजित भयो भारत

kalakarmi.com · Mon Jul 14 22:44:29 GMT 2025

लण्डन- भारतले लण्डनको लर्ड्स मैदानमा खेलिएको एन्डरसन-तेन्दुलकर ट्रफी अन्तर्गतको तेस्रो टेस्ट २२ रनले गुमाएको छ । इङ्ल्याण्डले दिएको १९३ रनको लक्ष्य पछ्याउँदै भारत पाँचौं दिन सोमवार १७० रनमै समेटियो । अब पाँच टेस्टको शृंखलामा इङ्ल्याण्डले २-१ को अग्रता लिएको छ ।

भारतको हारको सबैभन्दा ठूलो कारण कमजोर ब्याटिङ रह्यो । कप्तान शुभमन गिल, यशस्वी जयसवाल तथा करुण नायर दुवै इनिङमा फ्लप भए । तल्लो क्रमका ब्याटरहरू पनि खासै चम्किन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)