मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेढ वर्षदेखि चौरमै पढाइ

ekantipur.com · Sun Mar 28 00:59:09 GMT 2021

हुम्ला — भत्किएको विद्यालय भवन नबन्दा ताजाकोट गाउँपालिकास्थित धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी डेढ वर्षदेखि चौरमा पढ्न बाध्य छन् । झन्डै ५ सय विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।

विद्यालय भवन निर्माणका लागि कर्णाली प्रदेश र संघीय सरकारले ९० लाख रुपैयाँ पठाए पनि उक्त बजेट गाउँपालिकाको खातामा थन्किएको छ । रकम आए पनि भवन नबन्दा विद्यार्थीले सास्ती भोग्नुपरेको स्थानीय कृष्ण मल्लले बताए । २०७६ साउन ३१ गते आएको बाढीले विद्यालय भवन भत्किएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)