स्मृति मंधाना बनिन् अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो महिला खेलाडी
ratopati.com · Sun Dec 28 17:36:08 GMT 2025
काठमाडौँ । भारतीय महिला क्रिकेट टोलीकी स्टार ब्याटर स्मृति मंधानाले अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन् । भारत र श्रीलङ्काबिच तिरुवनन्तपुरममा सम्पन्न चौथो महिला टी–ट्वान्टी खेलमा उनले यो कीर्तिमान बनाएकी हुन् । मंधाना यो उपलब्धि हासिल गर्ने चौथी महिला क्रिकेटर बनेकी छन् ।
चौथो टी–ट्वान्टी खेलमा मंधानाले ८० रनको शानदार पारी खेलिन् । यससँगै उनी भारतकी मिताली राज, न्युजिल्यान्डकी सूजी बेट्स र इंग्ल्यान्डकी शार्लेट एडवर्ड्सको सूचीमा सामेल भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)