रास्वपाका महामन्त्रीको दाबी : केन्द्रका कार्यक्रम प्रदेश र स्थानीय तहले रोकिरहेका छन्
nepalpress.com · Sat Aug 08 13:41:25 GMT 2026

रुपन्देही । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सङ्घीय सरकारले ल्याएका महत्त्वपूर्ण कार्यक्रम लागू गराउन नदिइएको बताएका छन् । रुपन्देहीमा पार्टीको नेतृत्व पदस्थापन तथा पार्टी प्रवेश कार्यक्रममा उनले प्रदेश र स्थानीय तहमा आफ्नो नेतृत्व नहुँदा त्यो समस्या बढी भएको बताएका हुन् ।