फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा
deshsanchar.com · Tue Jul 09 21:12:55 UTC 2024
१६ वर्षीय लामिन यमलको उत्कृष्ट गोलमा स्पेनले युरोकपको फाइनलमा स्थान बनाएको छ। युरोपियन च्याम्पियनसिप फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
रोमाञ्चक खेलमा सुरुवाती अग्रताका लिएको फ्रान्स विरुद्ध सानदार पुनरागमन गर्दै स्पेनले खेल २-१ ले आफ्नो पक्षमा पार्यो। फ्रान्सले खेल सुरु भएको नवौं मिनेटमै अग्रता लिएको थियो। फ्रान्सका लागि केलियन एमबाप्पेको क्रसलाई रन्डल कोलो मुएनीले आकर्षक हेड गर्दै टिमलाई अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)