पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
ratopati.com · Thu Jun 04 16:38:46 GMT 2026
कास्की । नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप शुक्रबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगिताले विद्यालय तहबाट क्रिकेटको जग बलियो बनाउने, ग्रामिण तथा जिल्लास्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्याउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)