मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

धरानमा बन्यो जिल्लाकै लामो झोलुंगे पुल

nayapatrikadaily.com · Sat Oct 21 00:42:00 GMT 2023

धरानमा सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको छ । धरान उपमहानगरपालिका–५ स्थित अँधेरीखोलामा निर्माण भएको झोलुंगे पुलको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उद्घाटन गरे ।

आँपटार र ठिंगबारी गाउँको बीचमा रहेको अँधेरी खोलामा दुई सय ३३ मिटर लामो सस्पेन्सन झोलुंगे पुल निर्माण भएको छ । प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग मातहतको सस्पेन्सन ब्रीज डिभिजनले एक करोड आठ लाख ४२ हजार ९१५ रुपैयाँ लागतमा उक्त पुल निर्माण भएको धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिए । उनका अनुसार पुलको भारवाहन क्षमता ७० मेट्रिक टन अथवा पाँच सय तीनजना मानिसको भारबराबर रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)