युक्रेनमा रुसको मिसाइल आक्रमणबारे बाइडेनले के सम्झे?
barnanmedia.com · Tue Jul 09 21:24:38 UTC 2024

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी मिसाइल आक्रमणको निन्दा गरेका छन् ।यी आक्रमणमा अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । बाइडेनले भनेका छन् कि यी आक्रमणहरू "रूसी क्रूरताको भयानक सम्झना" हुन्।
यससँगै उनले युक्रेनको हवाई सुरक्षा सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । पछिल्लो रुसी आक्रमणमा हालसम्म ३८ जनाको मृत्यु भएको छ भने १९० जना घाइते भएका छन् । यसमा सोमबार कीभको बाल अस्पतालमा भएको आक्रमणमा घाइते भएकाहरू पनि पर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)