मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सीआईटीले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने

abhiyandaily.com

काठमाडौं (अस) । नागरिक लगानी कोष (सीआईटी)ले सगरमाथा जलविद्युत् कम्पनीको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

दुई संस्थाले शेयर प्रत्याभूति सम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत् कम्पनीका तर्फबाट डा. भूषण गुरागाईंले हस्ताक्षर गरेका थिए । कम्पनीले ५४ लाख ८८ हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याउँदै छ । कोषले १०० रुपैयाँ अंकित दरले ५४ करोड ८८ लाख रुपैयाँको शेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)