मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमै उत्पादित 'कार-टी' सेलबाट पहिलोपटक क्यान्सर बिरामीको सफल उपचार

ratopati.com · Sat Oct 10 03:44:33 GMT 2026

​काठमाडौँ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को संयुक्त सहकार्यमा नेपालमै पहिलोपटक स्वदेशमै उत्पादित 'कार-टी' सेल प्रविधिमार्फत क्यान्सर बिरामीको सफल उपचार गरिएको छ।

टिचिङ अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (रगतको क्यान्सर) को उपचार गराइरहेका बिरामीमा गत असोज ११ गते यो सेल चढाइएको हो। हेमाटो अङ्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीका अनुसार हाल बिरामीको अवस्था स्थिर रहेको छ र उपचारको प्रारम्भिक नतिजा अत्यन्तै उत्साहजनक तथा सकारात्मक देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)