गोहीको आक्रमणबाट महिलाको मृत्यु
gorkhapatraonline.com · Sat Oct 10 03:41:40 GMT 2026

बर्दियामा माछा मार्न नदीमा गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । गेरुवा नदीमा माछा मार्दै गर्दा गोहीको आक्रमणमा परी मधुवन नगरपालिका–३, कोठियाघाटकी ५० वर्षीया पुष्पा लामिछानेको मृत्यु भएको हो ।
स्थानीयका अनुसार लामिछाने शुक्रबार बिहान माछा मार्न नदीमा जानुभएको थियो । दिउँसोसम्म घर नफर्किएपछि उहाँको खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा नदीमा गोहीसँगै मानिसको टाउको देखिएपछि खोजी कार्य तीव्र पारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)