मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सलमान खानले साथ दिएपछि...

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् जरीन खान । बलिउडमा उनलाई नाम कमाउन ठुलै संघर्ष गर्नु परेको थियो । सन् १९८७ को १४ मे मा उनको जन्म भएको थियो । सलमान खानको फिल्म वीरबाट डेब्यु गरेकी यी अभिनेत्रीले हेट स्टोरी ३, अक्सर २ जस्ता फिल्महरुमा काम गरेकी थिइन् ।

पन्जावी फिल्म जट जेम्स बाण्डमा उनको अभिनयलाई सबैले तारिफ गरेका थिए । जरीन खानले बलिउडमा डेब्यु पुर्व उनका मातापिता उनीसँग अलग भएका थिए । बलिउडमा पसेपछि उनको जिम्मेवारी आफुले नै सम्हालिन् । परिवारको आर्थिक अवस्था कमजोर भएपछि दुई छोरीको जिम्मेवारी माता पिताले नलिने बताएको मिडिया रिपोर्टमा उल्लेख छ । त्यसपछि उनले आफ्नो अध्ययन पनि रोक्नु पर्यो । जरिन खान अभिनेत्रीभन्दा पनि डाक्टर बन्न चाहन्थिइन् । तर, परिवारको आर्थिक अवस्थाका कारण उनको सपनाहरु सपना नै रहे । उनले कल सेन्टरमा काम गर्न थालिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)