सुर्खेतका जंगलमा १८ थान भरुवा बन्दुक फेला
ratopati.com · Sat Oct 10 03:54:58 GMT 2026

सुर्खेत । प्रहरीले सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराले शुक्रबार पश्चिम सुर्खेतको चौकुने र बराहतालका जंगलबाट ती बन्दुक बरामद गरिएका हुन् ।
उनका अनुसार, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाही कमाण्डमा प्रहरी टोली खटिएको थियो । जस अन्तर्गत चौकुने गाउँपालिका —७ सान्नेघारीको जंगलमा लुकाईछिपाई राखेको अवस्थामा ५ थान भरुवा बन्दुक भेटिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)