सेनाका हाकिम ‘केटीकाण्ड’मा फस्दै
barnanmedia.com · Tue Jul 09 21:58:12 UTC 2024

मुलुककै सबैभन्दा अनुशासित संगठन मानिने नेपाली सेना केही हाकिमका कारण बद्नाम बन्दै गएको छ ।
अधिकृतहरू उमेर विवाददेखि महिला काण्डमा समेत मुछिन थालेका छन् । यसबीच महासेनानी दिरेन्द्रकुमार मल्लको जन्ममितिमा कैफियत देखिएपछि जर्नेल बनाउने भन्दै अमेरिकाबाट झिकाएर बर्खास्त गरिएको छ ।यता, प्रमुख सेनानी विशेष पौडेल महिला काण्ड लागेर सैनिक हिरासतमा पुगेका छन् भने सोही प्रकृतिको लफडामा अर्का लेफ्टिनेण्ट कर्णेल तुलबहादुर बोहोरालाई समेत सैनिक प्रहरीले हिरासतमा राखेको छ । आफ्नै कार्यालयकी महिला सैनिकलाई होटलमा बोलाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)