प्रचण्डले भने- देउवासँग कुनै पनि सहमति भएको छैन
hamrakura.com · Wed Jan 11 00:00:00 GMT 2023
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको छ । सोमबार बेलुकी प्रधानमन्त्री प्रचण्ड सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेका थिए । भेटसँगै सभापति देउवाले पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएका थिए । र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिलाउन सभापति देउवा सफल पनि भए ।
प्रधानमन्त्री प्रचण्ड सभापति देउवाबीच आपसी सहमति भएको पनि कुरा बाहिर चुहिएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा कांग्रेससँग कुनै पनि सहमति नभएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)