झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल, गुणस्तर सुधारमा जोड
clickmandu.com · Sat Oct 10 04:08:54 GMT 2026

भद्रपुर । नेपाली चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाले आयोजना गरेको चिया उद्योगी तथा सरोकारवालाबीचको अन्तरक्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरले कार्यक्रमको समन्वय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)