कांग्रेसका अन्य पदाधिकारीको मतगणना दिउँसो १ बजेको छलफलपछि शुरू हुने
hamrakura.com · Sat Oct 10 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अन्य पदाधिकारीहरूको मतगणना पार्टी प्रतिनिधिहरूसँगको छलफलपछि मात्र शुरू गरिने भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूलाई शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। उक्त छलफल सकिएलगत्तै अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना प्रक्रिया शुरू गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)