मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मूर्ति विसर्जनलाई लिएर दुई समुदायबीच झडप, रुपैठामा निषेधाज्ञा जारी

hamrakura.com · Sat Oct 04 00:00:00 GMT 2025

महेन्द्रनगर (धनुषा)। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, रुपैठामा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा लगाइएको हो। शुक्रबार साँझ ६:३० बजेदेखि लागू हुनेगरी प्रशासनले जारी गरेको विज्ञप्तिमा रुपैठाको चारैतर्फ कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक वा सामूहिक कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)