मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

लोकदोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

gorkhapatraonline.com · Sat Oct 10 04:21:27 GMT 2026

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।

यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहनुभएका शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो। लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ। मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत उहाँ दर्शक तथा श्रोतामाझ लोकप्रिय हुनुहुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)