आइची नागोया एसियाड
gorkhapatraonline.com · Sat Oct 10 04:48:41 GMT 2026
चीनमा भएको होङजाउ एसियाड–२०२३ सकिएलगत्तै नेपालले तीन वर्षपछि जापानको आइची नागोयामा हुने एसियाली खेलकुद (एसियाड) मा स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्य बनायो; जसलाई नाम दिइएको थियो– मिसन–२०२६ । यस योजना अनुसार नेपालले आइची नागोया एसियाडका लागि विगत तीन वर्षदेखि तयारी गरेको थियो । अन्तिम दुई महिनादेखि सबै टोली उच्चस्तरीय बन्द प्रशिक्षणमा थिए । १२ खेलका खेलाडी त वैदेशिक प्रशिक्षणपछि जापान पुगेका थिए ।
एसियाडमा एक/दुई कांस्यमै सीमित हुने परम्परालाई तोड्ने यो अभियान महत्वाकाङ्क्षी भए पनि असम्भव थिएन । स्रोतसाधनले नेपालभन्दा कमजोर कैयौँ राष्ट्रले एसियाडमा स्वर्ण पदक जितेका छन् । त्यसैले एसियाडमा सहभागी नेपाली टोलीबाट यसपालि ठुलो अपेक्षा गरियो । विगतमा नेपालबाट खासै पदकको अपेक्षा हुँदैनथ्यो । त्यसैले एसियाली खेलकुदमा एक/दुई पदकले पनि नेपाललाई खुसी दिन्थ्यो । अघिल्लो संस्करणमा कराँतेकी एरिका गुरुङले रजत पदक जितेपछि उहाँ एकै रातमा नेपाली खेलकुदकी स्टार बन्नुभयो तर आशा नगरिएको बेला प्राप्त सफलताले खुसी दिए जस्तै अपेक्षा गरेको बेला आशा पूरा भएन भने त्यसले अझ ठुलो पीडा दिने रहेछ । अहिले नेपाली खेलकुदलाई त्यही पीडा भइरहेको छ । किनभने नेपालले आफ्नो लक्ष्य पूरा गर्न सकेन । अझ भनौँ, आइची नागोया एसियाड नेपालका लागि सम्झनलायक हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)