मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रेरक प्रसंग : भकुन्डोको रङ

nayapatrikadaily.com · Wed Feb 14 00:12:00 GMT 2024

शिक्षक कक्षामा पढाउँदै थिए । पछिल्तिर बस्ने दुई विद्यार्थी आपसमा झगडा गरेको आवाज आयो । आवाज आउनासाथ शिक्षकले सोधे– के भयो ? तिमीहरू किन झगडा गर्दै छौ ? रमेशले भने– हेर्नुस् न सर, यो सन्तोष आफ्नै कुरा मात्र सही हो भनेर जिद्दी गर्छ । मेरो कुरै सुन्दैन । सन्तोषले भने– होइन सर, रमेशले भनेको कुरा बिल्कुलै गलत छ । अनि किन सुन्नु त उसको कुरा ? यति भनेर उनीहरू फेरि तँतँ र मम गर्न थाले ।

शिक्षकले उनीहरूलाई रोक्दै आफ्नो नजिक बोलाए र दुवैलाई टेबलको दायाँ र बायाँ उभिन लगाए अनि दराजबाट अलि ठूलो भकुन्डो निकालेर टेबलको बीचमा राखे । उनले रमेशलाई सोधे— यो भुकुन्डाको रङ कस्तो छ ? भन त रमेश ! रमेशले तत्कालै जवाफ दिए– यसको रङ सेतो छ सर ! शिक्षकलाई उछिनेर सन्तोषले भने– देख्नुभयो सर, रमेश कालो रङको भकुन्डोलाई सेतो रङको बताइरहेको छ । यसरी देख्दादेख्दै झुटो बोल्ने मान्छेको कुरा के पत्याउनु ?

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)