मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहरी विकासमा ठेकेदार र श्रममा म्यानपावर एजेन्ट

ekantipur.com · Wed Jan 18 00:52:58 GMT 2023

काठमाडौँ — गत वर्ष मंसिर २४, कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘गाउँघरमा कार्यकर्ताले हाम्रो नेता आउनुभएको छ, आउनुस् चौतारोमा भनेर भीड जम्मा गर्न खोज्दा मान्छेहरूले कुन नेता आएछ भनेर सोध्दैनन्, कुनचाहिँ चोर आएछ भन्छन् । राजनीतिको अवस्था यो छ ।’

कांग्रेसी मेलामा राप्रपा नेताले गडगडाहट ताली पाएपछि मूलधारका नेताको शिर निहुरिएको थियो । लिङ्देनको भनाइ गलत सावित गर्न कोसिस गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘नेता आयो भने कुनचाहिँ चोर आएछ भनेर जनताले सोध्छन् त साथीहरू ? के यो सही हो ?’ तर दाहाललाई निराश बनाउँदै जवाफ गुन्जियो, ‘हो ।’ दाहालले होइन भनेर पटक–पटक दोहोर्‍याउँदा पनि ‘हो,’ ‘हो’ भन्ने ध्वनि आइरह्यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)