मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजार अनुगमन: बिनाअनुमति सञ्चालित उद्योगको उत्पादन रोक्का, अखाद्य वस्तु नष्ट र जरिवाना

clickmandu.com · Sat Oct 10 04:57:14 GMT 2026

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकाका विभिन्न पसल, उद्योग तथा खाजाघरमा गरेको अनुगमनका क्रममा बिनाअनुमति सञ्चालित उद्योगको उत्पादन रोक्का गर्नुका साथै म्याद नाघेका तथा बिग्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरेको छ।

विभागले जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका, उद्योग वाणिज्य तथा पर्यटन कार्यालय, नेपाल प्रहरी तथा उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोली तथा मोबाइल खाद्य प्रयोगशाला भ्यान परिचालन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन तथा कारबाही गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)