सत्ताइस वर्षपछि सडक स्तरोन्नति
gorkhapatraonline.com · Sat Oct 10 05:05:14 GMT 2026

रुकुमपश्चिमको पुरानो एक सडकखण्डमा सत्ताइस वर्षपछि स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । जिल्लाको मुसीकोट नगरपालिकास्थित शीतलपोखरीबाट झुल्खेत हुँदै चुन्वाङ जोड्ने सडकको बिहीबारबाट स्तरोन्नति सुरु भएको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत स्तरोन्नति आह्वान भएको हो । आयोजना प्रमुख हरि ओलीका अनुसार १८.४ किलोमिटर सडकखण्डको स्तरोन्नति तथा कालोपत्रेका लागि काम सुरु भएको छ । सडक निर्माणका लागि रायमाझी थुदुङ पाण्डे जेभीसँग असोज १ गते सम्झौता भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने यस कार्यका लागि निर्माण व्यवसायीसँग ३४ करोड १८ लाख दुई हजार ८२९ रुपियाँ ५८ पैसामा सम्झौता भएको छ । यो सडकले मुसीकोट नगरपालिका–४, ६, ९ र हुँदै लुम्बिनी प्रदेशको रुकुमपूर्वमा पर्ने चुन्वाङ गाउँ जोड्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)