शैक्षिक गुणस्तर सुधार्न एभरेस्ट बैंकको २ लाख १० हजार सहयोग
rajdhanidaily.com · Tue Jul 09 23:14:42 UTC 2024

धनगढी । निजी क्षेत्रको एभरेस्ट बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले मंगलबार २ लाख १० हजार रुपैयाँ नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।
बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका ४० जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सो रुपैयाँ सहयोग गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)