दोषी ल्यापटप
ratopati.com · Sat Oct 10 05:19:33 GMT 2026

प्रत्येक दिन म ल्यापटप चलाएको हुन्छु । यो मेरो बुढेसकालको साथी पनि हो । अरू सबै कता जान्छन् कता, मसँगै बस्ने भनेको त यही ल्यापटप नै हो । चौबिसै घण्टा साथी हुने भनेको यही नै हो मेरा लागि । त्यसैले यसलाई मैले खुब जतन साथ राखेको हुन्छु । यसो मन लाग्ने बित्तिकै खोलिहाल्छु । म एक्लै बस्नै सक्दिन । यसले मलाई धेरै कुरा सिकाउँछ । लेख्न, पढ्न आदि ।
मेरो ल्यापटपले यति धेरै काम गर्छ घरका कुनै पनि सदस्यले त्यति गरेका हुँदैनन् । अरूका ल्यापटपले कति काम गर्छन् मलाई थाहा छैन तर मेरोले भने मनग्गे काम गरेको हुन्छ । म बताउनै सक्दिन । अर्को कुरा मेरो ल्यापटप एकदमै अपजसे छ । कहिले पनि जस पाउँदैन यसले । सकिनसकि काम गर्छ जस भने कत्ति पनि पाउँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)