समान ज्यालापछि निर्माण क्षेत्रमा बढ्दै महिला सहभागिता
gorkhapatraonline.com · Sat Oct 10 05:27:27 GMT 2026

महिला र पुरुषबिचको ज्याला समान भएपछि रौतहटको निर्माण क्षेत्रमा महिला मजदुरको सहभागिता बढेको छ । विगतका वर्षमा पुरुष सरह काम गर्दा पनि कम ज्याला पाउने गरेका महिला कामदारले हाल समान पारिश्रमिक पाउन थालेपछि निर्माण कार्यमा उनीहरूको संलग्नता बढेको हो । चन्द्रपुर नगरपालिका–१ नयाँबस्तीकी सुमित्रादेवी बिन अहिले पुरुष सरह ज्याला पाउँदा श्रमको सम्मान भएको महसुस गर्नुहुन्छ ।
दिनभरि एउटै प्रकृतिको काम गर्दा पनि पुरुषभन्दा कम पारिश्रमिक पाउँदै आएकी उहाँले महिला र पुरुषको ज्याला समान होला भन्ने कल्पनासमेत गर्नुभएको थिएन । हाल उहाँको समूहमा निर्माणसम्बन्धी काम गर्ने १० महिला छन् । समान ज्याला पाउन थालेपछि कामप्रति उत्साह बढेको उहाँको अनुभव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)