मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गोलपार्कमा पल, विपना र मलिकाको क्रेज : ‘दशैँ गीत’ को नृत्यमा दर्शकको बबाल हुटिङ,अशोज ३० मा रिलिज

kalakarmi.com · Sat Oct 10 05:34:17 GMT 2026

बुटवल- विपना थापा,पल शाह,मलिका महत सहित फिल्म ‘आ बाट आमा- २’ को प्रचारप्रसारका लागि देश दौडाहामा छन् । यहीँ अशोज ३० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको प्रचारप्रसारलाई तिब्रता दिएको हो ।

सोही अनुरुप उनीहरुको टिम बुटवलमा भव्य कन्सर्ट गरेका छन् । पल शाह,मलिका महत,विपना थापाको प्रस्तुती हेर्नका लागि सबेरै बुटवलको गोलपार्कमा हजारौँ दर्शक उपस्थिति रहेको थियो । उक्त कन्सर्टमा फिल्मका तर्फबाट विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मालिका महत, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी तथा गायिका गंगा सोनाम, जुरी लगायतको उपस्थिति रहेको थियो । यस फिल्मका गायक,संगीतकार तथा गीतकार गायक बाबुल गिरी र गायिका गंगा सोनामले फिल्मकै गीत गाएर दर्शकलाई मनोरञ्जन दिए। उनीहरुको गीतसँगै दर्शकको रोजाईमा परेका पल शाह,मलिका महत,विपना थापा,निकिता आचार्य,आकाश श्रेष्ठका साथै रिश्ता गुरुङले नाचेर माहोल तताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)