मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने

nepaltvonline.com · Tue Jul 09 23:35:21 UTC 2024

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)