बेसार उत्पादन बढ्दै, बजार नपाउँदा किसान चिन्तित
bishowkhabar.com · Sat Oct 10 05:44:52 GMT 2026

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका किसान बेसार बिक्रीका लागि बजार नपाउँदा चिन्तित बनेका छन् । धान र गहुँभन्दा बेसारखेतीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक खेतीमा लागेका किसान भारतीय बजारमा बिक्री बन्द भएपछि समस्यामा परेका हुन् ।
कुतियाकवरमा उत्पादित बेसार विगतका वर्षमा सीमावर्ती भारतीय बजारमा बिक्री हुँदै आएको थियो । तर गत वर्षदेखि भारतमा बेसार बिक्री हुन छाडेपछि किसानले उत्पादनको बजारीकरणका लागि नेपालकै उद्योग खोज्नुपर्ने अवस्था आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)