मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बंगलादेशलाई विद्युत् बिक्री सम्झौता एक महिनाभित्रै

ekantipur.com · Tue Jul 09 23:47:33 UTC 2024

काठमाडौँ — बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौता (पीएसए) का लागि सोमबार पत्र पठाएको हो ।

बीपीडीबीले १६ पुस ०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौता अनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)