बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
ratopati.com · Fri Apr 11 17:42:00 GMT 2025

बुटवल । नेकपा एमालेले आज बुटवल मण्डपमा जागरणसभा सम्पन्न गरेको छ। देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत एमालेले सो कार्यक्रम सम्पन्न गरेको हो । रामनगरस्थित बुटवल मण्डपमा करिब दुई घण्टा चलेको जागरण सभा दुईवटा सन्देश दिने उद्देश्यले आयोजना गरिएको पार्टीका नेताहरूले बताएका छन्।
सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ३ केन्द्रीय नेता र जिल्लास्तरका नेताहरूले मात्रै सम्बोधन गरेका थिए । जनसभाले राजावादीहरूलाई गणतन्त्रवादीहरू सक्रिय र शक्तिशाली रहेको पहिलो सन्देश दिएको एमाले नेताहरूले बताएका छन् । दोस्रो एमाले भित्रका कार्यकर्ताहरूलाई थप ऊर्जावान् बनाउने काम समेत जागरणसभाले गरेको विश्वास नेताहरूको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)