मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी–त्रिशूलीको बाढीपछिको पुनर्स्थापना र पुनर्निर्माणसम्वन्धी रणनीतिक योजना प्राधिकरणलाई

corporatenepal.com · Sat Oct 10 05:45:41 GMT 2026

काठमाडौँ । सेण्टर फर इनोभेटिभ्स गभर्नेन्स प्राक्टिसेनका कार्यकारी अध्यक्ष एवं सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाले भोटेकोशी–त्रिशूलीमा आएको बाढीको कारणले भएको जनधनको क्षतिसम्बन्धमा पुनस्र्थापना, पुनर्निर्माण र पुनर्उत्थानका लागि रणनीतिक योजना बनाएर योजनावद्ध किसिमले काम गर्नुपर्ने कुरा औल्याएका छन् ।

यसका लागि उनले सीआईजीपीले तयार गरेको रणनीतिक योजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मनाथ उप्रेतीलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा संस्थाका कार्यकारी सञ्चालक श्यामसुन्दर शर्मा र विपद् व्यवस्थापन विज्ञ डा. मीनबहादुर पौडेल क्षेत्रीको पनि उपस्थिति रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)