अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
ratopati.com · Sat Oct 10 06:07:36 GMT 2026

काठमाडाैँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा आठ राष्ट्रका विदेशमन्त्रीहरूले उक्त निर्णयप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय न्याय प्रणालीको स्वतन्त्रता, निष्पक्षता र प्रभावकारिताको संरक्षण गर्नुपर्ने महत्त्वमा जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले शुक्रबार जारी गरेकाे वक्तव्यअनुसार महासचिव गुटेरेसले अमेरिकी प्रतिबन्धले अदालतको समग्र कार्यक्षमतामा पार्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गरेका छन् । विशेषगरी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् तथा रोम विधानका पक्ष राष्ट्रहरूले अदालतसमक्ष पठाएका मुद्दाहरूमा काम गर्ने क्षमतामा असर पर्न सक्ने विषयप्रति उनले ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)