प्रतिकूल मौसमले रोकिएको धवलागिरि आरोहण पुनः सुरु
gorkhapatraonline.com · Sat Oct 10 06:27:32 GMT 2026
प्रतिकूल मौसमका कारण स्थगित भएको धवलागिरि हिमालको आरोहण पुनः सुरु भएको छ। असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै शरदकालीन आरोहणका लागि पुनः आधार शिविर पुगेको हो। म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा अवस्थित धवलागिरि हिमाल समुद्र सतहबाट आठ हजार १६७ मिटर अग्लो छ।
असोज ८ देखि ११ गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो। मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण सुरु गरेको पर्वतारोहीलाई सहयोग गर्दै आउनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)