मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

barnanmedia.com · Sat Oct 10 06:21:45 GMT 2026

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ । महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि गुटेरेसले चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले तत्काल युद्धविराम गर्न र प्रिटोरिया सम्झौता अनुसार वार्तामा फर्कन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

द्वन्द्व थप चर्किएमा क्षेत्रीय शान्ति र स्थिरतामा असर पर्न सक्ने भन्दै उहाँले सबै पक्षलाई संयम अपनाउन अनुरोध गर्नुभएको छ । साथै, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुनै पनि देशको भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्न सबै राष्ट्रलाई आग्रह गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)