पानामामा गयो शक्तिशाली भूकम्प
hamrakura.com · Sat Oct 10 00:00:00 GMT 2026

काठमाडौँ। मध्य अमेरिकी राष्ट्र पानामामा शुक्रबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण सयौँ सर्वसाधारण त्रसित भएका छन् भने खानेपानी आपूर्ति र हवाई सेवा केही समय प्रभावित बनेका छन्।
स्थानीय समयअनुसार दिउँसो १२ः५६ बजे गएको भूकम्पको गहिराइ ४ किलोमिटर रहेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणले सुरुमा भूकम्पको तीव्रता ८.० रेक्टर स्केल मापन गरे पनि पछि संशोधन गरी ७.७ रेक्टर स्केल कायम गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)