दुर्गा पूजाको अवसरमा मौलापुरमा सरसफाइ अभियान सुरु
ratopati.com · Sat Oct 10 07:13:25 GMT 2026

रौतहट । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान सुरु गरिएको छ । नगरप्रमुख रीनाकुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
दुर्गा पूजाको विशेष अवसरमा सुरु गरिएको अभियानले नगरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्वच्छ वातावरणमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ। नगरप्रमुख साहको पहलमा सुरु भएको यस अभियानलाई स्थानीय स्तरमा सकारात्मक कार्यका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)