मुग्लिङ-काठमाडौँ सडक अवरुद्ध भएपछि हेटौँडा मार्गमा सवारीको चाप, दशैँका यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता
hamrakura.com · Sat Oct 10 00:00:00 GMT 2026

काठमाडौँ। मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भई धादिङको गल्छी क्षेत्रमा सडक बन्द भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप अत्यधिक बढेको छ। सवारीको चाप बढेसँगै बडादशैँका यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर आवागमनको व्यवस्थापन मिलाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक सवारीसाधनलाई पहिलो र त्यसपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिएर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको छ। त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणाली (टर्न बाई टर्न) मार्फत सवारी सञ्चालन गरिएको छ। सवारी व्यवस्थापनका क्रममा कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने बाध्यता रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)