मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

khabarhub.com · Sat Oct 10 07:33:13 GMT 2026

हेटौँडा – मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)