सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित
nepalnews.com · Tue Jun 30 01:43:27 GMT 2026
किमाथांका। संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन्।
शनिबार रातिदेखि आएको वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। उनका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको सात जनाको परिवार, मङ्गलबहादुर राईको छ जनाको विस्थापित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)